उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन्।
मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ । यादवले बुधबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।
ग्यासकाे आपूर्ति व्यवस्थापन मिलाउन नसकेको भन्दै पछिल्लो समय उनको आलोचना हुँदै आएको थियाे।