ग्लोबल आइएमई क्यापिटलले २५ प्रतिशत लाभांश वितरण गर्ने

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गत आवको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअनुसार चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण हुनेछ । 

१५ प्रतिशत बोनस सेयरबापत सात करोड ४० लाख ८७ हजार रुपैयाँ र १० प्रतिशत नगद लाभांशबापत चार करोड ९३ लाख ९१ हजार रुपैयाँ वितरण गरिन लागेको क्यापिटलले जनाएको छ । लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गर्न १४ असोजमा वार्षिक साधारणसभा बोलाइएको छ ।

साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालू आवका लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेलगायत प्रस्ताव पारित गर्नेछ । 

See More On

सुझावित समाचार