बुधबार १० बजेसम्मका मुख्य १० खबर

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन मन्त्री यादव  
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगी र कर्मचारीतन्त्रको प्रभावका कारण ग्यास आपूर्ति तथा उद्योग क्षेत्र सुधारमा अपेक्षित काम गर्न नसकिएको गुनासो गरेकी छिन्। उनले ग्यासको आपूर्ति सहज बनाउन उद्योगीलाई कडाइ गर्नुपर्ने बताउँदै उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन भन्ने धारणा व्यक्त  गरिन् । 

बुधबार उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले नेपालमा आवश्यकताभन्दा बढी एलपी ग्यास उद्योग सञ्चालनमा रहेको बताइन्। हाम्रोजस्तो देशमा दुईवटाभन्दा बढी ग्यास उद्योग

सालिकको आकृति सहिदसँग नमिलेपछि अनावरण हुन सकेन जेन–जी सहिद पार्क (तस्बिरहरू) 
आज बिहानका लागि तय गरिएको ४५ जना सहिदको सालिक अनावरण कार्यक्रम अन्तिम समयमा रोकिएको छ। बिहान ८ः३० बजे हुने भनिएको कार्यक्रम गृहमन्त्रीको समय नमिलेपछि ११ बजेका लागि सारिएको थियो।

अनावरणका लागि गृहमन्त्री र पूर्वाधार विकासमन्त्री कार्यक्रमस्थल पुगे पनि सालिकको सामान्य निरीक्षण गरेर फर्किएका छन्। सालिकमा सहिदहरूको आकृति नमिलेको भन्दै केही सहिद परिवारले आपत्ति जनाएपछि अनावरण कार्यक्रम स्थगित गरिएको हो।

चाहिँदैन भन्दै उनले हाल सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याइन्। 

असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने 
संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको छ । बुधबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बस सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख, यातायात सेवा प्रदान गर्ने साझा यातायात र सरोकारवाला अधिकारी बिचको बैठकले यो निर्णय गरेको हो ।  

काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गएको वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन् । यो सेवालाई विस्तार गरेर उपत्यकाको उत्तर दक्षिण र पूर्व पक्षिम दुवै भागलाई जोड्ने गरी गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौँको नयाँ सडक नेपाल बायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन् ।  

स्वपालाई विपतमा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक चाहिएको छैन: रवि लामिछाने 
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले  विपतमा  रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई नचाहिएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘रास्वपालाई विपतमा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक चाहिएको छैन,’ लामिछानेले भनेका छन्, ‘शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्य चाहिएको छ।’ 

नक्कली प्रमाणपत्र देखाएर अनुसन्धान विभागमा जागिर, प्रमुख अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

जेन–जी आन्दोलनको क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रचण्डको माग  
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएका दमन, हिंसा, आगजनी तथा तोडफोडका घटनाबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन्। जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार जारी प्रेस वक्तव्यमा प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितप्रति समवेदना व्यक्त गरेका छन्। 

ह्विप उल्लंघन गर्ने राप्रपा बागमतीका पाँच सांसदलाई कारबाही सिफारिस
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लंघन गरेको आरोपमा आफ्ना पाँच प्रदेश सभा सदस्यलाई कारबाही गर्न सिफारिस गरेको छ। संसदीय दलले उनीहरूलाई प्रदेश सभा सदस्यबाट हटाउन सभामुखसमक्ष सिफारिस गरेको हो।

राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक डम्बर तामाङले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराउँदै पूर्वसभामुखसमेत रहेका सांसद भुवनकुमार पाठकसहित पाँचजनालाई पदबाट हटाउन माग गरेका छन्।

  काठमाडौंमा जुनसुकै कम्पनीको सिलिन्डर साटेर लिन सकिने
बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभाव सहज बनाउन सरकारले वैकल्पिक व्यवस्था लागू गर्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकामा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छिन् । 

मन्त्री यादवको निर्देशनअनुसार काठमाडौं उपत्यकाभित्र एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा उपभोक्ताले अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास लिन सक्ने व्यवस्था गरिनेछ।

मन्त्री छनोटलाई लिएर नेकपा सुदूरपश्चिममा असन्तुष्टि
सुदूरपश्चिममा सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०मा मन्त्री छनोटलाई लिएर असन्तुष्टि देखिएको छ। नेकपाका नौजना सांसदले पार्टीबाट मन्त्री छनोट तथा प्रदेश योजना आयोगका पदाधिकारी नियुक्तिप्रति असहमति जनाउँदै मुख्यमन्त्री खगराज भट्टको ध्यानाकर्षण गराएका छन्।

बजेट निर्माणका सन्दर्भमा संसदीय दल तथा पार्टीमा छलफल नगरी मन्त्रिपरिषद्बाट विज्ञ नियुक्त गरेर बजेटलाई प्रभावित पार्न र प्रदेशको स्वायत्ततामाथि हस्तक्षेप गर्न खोजिएको भन्दै उनीहरूले लिखित रूपमै गम्भीर असहमति जनाएका हुन्। सांसदहरूले मुख्यमन्त्रीलाई पठाएको ध्यानाकर्षणमा गत २ साउनमा बसेको संसदीय दलको बैठकले सरकारमा दलको तर्फबाट सहभागी हुने मन्त्रीहरूको टिमको छनोटको उपयुक्त मापदण्ड निर्धारण गरी केन्द्रमा पठाउने निर्णय भएको स्मरण गराएका छन्। 

जसपा नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्ले पदमुक्त
जनता समाजवादी पार्टी ९जसपा० नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले पदमुक्त भएकी छिन्। प्रदेश सभा सचिवालयले काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेसँगै काफ्लेको सांसद पद गएको हो।

प्रदेश सभा अधिवेशन चालू नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा २ तथा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको सचिवालयले जनाएको छ।

सुझावित समाचार