सञ्चालनमा आयो नारायणी अस्पतालको क्याथ ल्याब

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडौं र नारायणी अस्पताल, वीरगन्जमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ।

०७६ चैतमा खरिद गरिएको क्याथ ल्याब उपकरण लामो समयसम्म जडान हुन नसक्दा सेवा सञ्चालनमा आउन सकेको थिएन। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएपछि गत असारदेखि जडान प्रक्रिया अघि बढाइएको थियो।

उपकरण जडान सम्पन्न भई भदौ १० गतेदेखि क्याथ ल्याब सञ्चालनमा आएपछि बिरामीले अस्पतालबाटै मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा लिन थालेका छन्। क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि मधेश प्रदेश तथा आसपासका जिल्लाका सेवाग्राहीले मुटुसम्बन्धी विशिष्टीकृत उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने र आफ्नै प्रदेशमा सहज रूपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

सुझावित समाचार