जग्गासम्बन्धी विवादका क्रममा आफ्नै भाइलाई मोसो दलेको आरोपमा सुर्खेत प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका– २, टेम्पोपार्कका ६७ वर्षीय लक्ष्मणप्रसाद शर्मा रहेका छन्। प्रहरीले मंगलबार बिहान सोही स्थानका उनका ६३ वर्षीय भाइ नारायणप्रसाद शर्मालाई जग्गाको विषयलाई लिएर मोसो दलेको आरोपमा लक्ष्मणप्रसादलाई पक्राउ गरेको हो।
घटनाबारे जानकारी पाएपछि बांगेसिमल, सुर्खेतबाट खटिएको प्रहरी टोलीले लक्ष्मणप्रसादलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका लक्ष्मणप्रसादमाथि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।