प्रभु बैंक र मेदान्ता–द मेडिसिटी हस्पिटलबिच छुट सम्झौता

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

प्रभु बैंकका ग्राहक, कर्मचारी तथा परिवारले भारतस्थित गुरुग्राम हरियाणा मेदान्ता–द मेडिसिटी हस्पिटलको सेवा–सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट कन्ट्री हेड (भारत) सुनील मिश्रा र हस्पिटलका तर्फबाट प्रमुख कर्पोरेट साझेदारी सत्य चतुर्वेदीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकका डेबिट–क्रेडिट कार्डवाहक ग्राहकले बहिरंग सेवामा सबै परामर्श तथा ल्याबोरेटरी र रेडियोलोजी जाँचमा १५ प्रतिशत छुट पाउने भएका छन् । त्यसैगरी, अन्तरंग सेवामा कोठाको भाडा तथा ल्याबोरेटरी र रेडियोलोजी जाँचमा पनि १५ प्रतिशत नै छुट पाउने भएका हुन् ।

सुझावित समाचार