काभा बिच भलिबल : सुनिता र भावनालाई रजत पदक

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

नेपालकी सुनिता राई र भावना डाँगीको जोडीले काभा बिच भलिबल प्रतियोगितामा रजत पदक जितेको छ । भुटानको थिम्पुमा आइतबार भएको फाइनलमा भारतको दीपिका र पवित्राको जोडीसँग पराजित हुँदा नेपाली जोडी उपविजेतामा सीमित भएको हो । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले आयोजना गरेको बिच भलिबलमा नेपालबाट समान दुई महिला र पुरुष गरी चार टोली सहभागी भएका थिए । 

नेपाली जोडीले पहिलो सेट २१–१७ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि उत्कृष्ट लय समाप्त नसक्दा नेपाली जोडीले दोस्रो र तेस्रो सेट गुमायो । भारतीय टोलीले दोस्रो सेट २१–१५ र तेस्रो सेट १५–५ ले जितेको हो । यसअघि कमला पुन र कोपिला रानाको जोडी सेमिफाइनलमा भारतका दीपिका र पवित्राको जोडीसँग पराजित भएको थियो । 

यसैगरी, पुरुषतर्फको उपाधि श्रीलंकाका दिलिपा सदुन मदुसंकाको जोडीले जितेको छ । नेपालबाट महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा झमन सिंह दर्जी र शरण कार्कीको जोडी सहभागी भएका थिए, तर सेमिफाइनलसम्म पुग्न सकेनन् । 

सुझावित समाचार