बाढी प्रभावितलाई मनोसामाजिक परामर्श आवश्यक : मन्त्री श्रेष्ठ

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाढीबाट प्रभावित मानिसहरूलाई मनोसामाजिक परामर्श दिनुपर्ने बताएका छन्।

आइतबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भोटेकोशी बाढीमा घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारी र परिवारलाई भेटेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

घाइतेहरूको स्वास्थ स्थितिबारे जानकारी लिएपछि श्रेष्ठले भने, ‘उहाँहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। पानी र लेदोबाट भएका घाउहरू निको हुँदै छ। शारीरिक घाउ चोटहरू निको हुन थालेको छ। मानसिक र मनोवैज्ञानिक परामर्श आवश्यक छ।’

मन्त्री श्रेष्ठले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जन, माथिल्लो त्रिशूली १ बाट उद्धार गरिएका चिनियाँ नागरिक र स्याफ्रुबेँसीबाट उद्धार गरिएकी एक किशोरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए।

सुझावित समाचार