नयाँ पत्रिकाकर्मी रोहितराज पराजुलीलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

सहारा क्लब पोखराले यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०८३ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गर्ने भएको छ। क्लबको २८औँ स्थापना दिवसका अवसरमा आगामी ३० भदौमा आयोजना हुने वार्षिकोत्सव समारोहमा पराजुलीलाई पुरस्कार प्रदान गरिनेछ। पुरस्कारको राशि ३० हजार ५२५ रुपैयाँ र सम्मानपत्र रहेको छ।

सहारा क्लबले खेलकुद पत्रकारितामार्फत खेल क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।

२०६१ सालदेखि पोखरामा पत्रकारिता गर्दै आएका पराजुलीले आदर्श समाज राष्ट्रिय दैनिकबाट पत्रकारिताको यात्रा सुरु गरेका थिए। जनमत दैनिक, रेडियो बाराही हुँदै २०६६ सालदेखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा आबद्ध उनी विशेष गरी खोज पत्रकारिता र खेलकुदसम्बन्धी समाचार लेखनमा सक्रिय छन्।

यसअघि पनि पराजुलीले विभिन्न संघसंस्थाबाट खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।

सुझावित समाचार