सरकारले हालै गठन गरेको लागुऔषध नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिएको छ । तिवारी यसअघि गृहको आन्तरिक व्यवस्था महाशाखाको प्रमुख थिए।
सो महाशाखाको जिम्मेवारी सहसचिव वासुदेव घिमिरेलाई दिइएको छ । उनी सुनसरीबाट तानिएका सहसचिव हुन् । त्यस्तै, नीति तथा योजना महाशाखाको जिम्मेवारी दिनेशसागर भुसाललाई दिइएको छ । उनी यसअघि रौतहटको सिडिओ थिए।
रिक्त रहेको कर्मचारी प्रशासन महाशाखामा कसैलाई जिम्मेवारी दिइएको छैन । सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख रहेका आनन्द काफ्लेलाई सो महाशाखासमेत हेर्ने जिम्मेवारी तोकिएको छ ।
गृहले शुक्रबार २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर गरेको हो।