बाढी प्रभावित बालबालिकाको सहायताका लागि मणिलाल भौमिक र बतास फाउन्डेसनबिच सम्झौता

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

डा. मणिलाल भौमिक फाउन्डेसन (भारत) र बतास फाउन्डेसन (नेपाल)बिच बाढी प्रभावित बालबालिकाको मानवीय सहकार्यका लागि सम्झौता भएको छ । 

नेपालको रसुवागढी नाका हुँदै विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी र प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूले भोग्नुपरेको गहिरो पीडा र चुनौतीहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै प्रभावित बालबालिका तथा परिवारहरूको दीर्घकालीन पुनर्स्थापना र भविष्य निर्माणका लागि मानवीय सहकार्यको घोषणा गरिएको बतास फाउन्डेसनको भनाइ छ । 

यस सहकार्यको उद्देश्य तत्काल राहत र उद्धारभन्दा बाहिर फैलिएको छ भन्दै बतासले यसले प्रकोपका कारण आफ्ना अभिभावक गुमाएका र अत्यन्तै कमजोर आर्थिक तथा सामाजिक अवस्थामा पुगेका बालबालिकाको शिक्षा, आत्मनिर्भरता र भविष्य सुनिश्चित गर्ने लक्ष्य राखिएको बताएको छ ।

दुवै संस्थाको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक प्रकोपपछि उद्धार, खाना, लत्ताकपडा, औषधि र अस्थायी बासजस्ता तत्कालका आवश्यकताहरू अत्यन्तै महत्त्वपूर्ण हुन्छन्। तर, बाढीको पानी घटेर गएपछि पनि प्रभावित परिवारहरूले जीविकोपार्जन, घर र सम्पत्ति गुमाउने, आम्दानीका स्रोतहरू अवरुद्ध हुने र बालबालिकाको शिक्षामा बाधा पुग्नेजस्ता दीर्घकालीन चुनौतीहरूको सामना गर्नुपर्छ। विशेषगरी आफ्ना अभिभावक गुमाएका बालबालिकाका लागि शिक्षाको निरन्तरता सुनिश्चित गर्नु सबैभन्दा ठुलो चुनौती हुन सक्छ। आर्थिक कठिनाइका कारण उनीहरूले विद्यालय वा उच्च शिक्षा छाड्न बाध्य नहोउन् भनी यो सहकार्य सुरु गरिएको हो।’ 

सुझावित समाचार