दाङका विभिन्न सामुदायिक वनमा लुकाइछिपाई राखिएको अवस्थामा प्रहरीले १० थान भरुवा बन्दुक बरामद गरेको छ।शुक्रबार बिहान ५:३० बजेदेखि ८ बजेसम्म खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा ती बन्दुक बरामद गरेको हो।
प्रहरीका अनुसार बबई गाउँपालिका– ४ स्थित चितलगैरा सामुदायिक वनबाट चार थान, लमही नगरपालिका– ३ स्थित जखेरा सामुदायिक वनबाट पाँच थान र बबई गाउँपालिका– २ स्थित सुवाखोरे सामुदायिक वनबाट एक थान भरुवा बन्दुक बरामद गरिएको हो।
बरामद गरिएका बन्दुकहरू सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।