उदयपुरका व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रयास कार्कीले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग गरेका छन्।
कार्कीले व्यक्तिगत रूपमा प्रधानमन्त्री राहत कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ र नेपाल उद्योग वाणिज्य महासंघमार्फत १ लाख ११ हजार १११ रुपैयाँ गरी कुल ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग गरेका हुन्।
रसुवा र नुवाकोटसहित आसपासका जिल्लामा आएको बाढीबाट भएको जनधनको क्षतिपछि प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको कार्कीले बताए। विपतको समयमा व्यक्तिगत तथा व्यावसायिक हैसियतभन्दा मानवीय सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै उनले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताए।