प्रतिनिधिसभाको बैठक चलिरहेका वेला एकाएक ढलेका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोम शर्माले बोलिरहेका वेला खड्का आफ्नै कुर्सीबाट एकाएक ढलेका थिए।
उनी ढलेपछि संसद् सचिवालयको स्वास्थ्य इकाइमा सामान्य उपचार गरिएको थियो। त्यसपछि एम्बुलेन्समार्फत थप उपचारका लागि वीर अस्पताल लगिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
खड्काको रक्तचाप (ब्लडप्रेसर) कम भएका कारण उनी एकाएक ढलेको बताइएको छ। प्रारम्भिक स्वास्थ्य जाँचका क्रममा उनको शरीरमा ग्लुकोजको मात्रा बढी देखिएको जनाइएको छ।