पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरो पन्छाउने काम तीव्र पारिएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार पहिरो पन्छाउन आवश्यक तयारी पूरा गरी काम अघि बढाइएको हो।
मन्त्री लम्सालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम भइरहेको जानकारी दिएका छन्।
उनका अनुसार पहिरो हटाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्। रुख कटानको काम सकिएलगत्तै निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने मन्त्री लम्सालले बताएका छन्।