रामेछाप उद्योग वाणिज्य संघले गर्‍यो बाढीपीडितलाई एक लाखमाथिको सहयोग

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाका बाढीपीडितको उद्धार तथा राहतका लागि रामेछाप उद्योग वाणिज्य संघले एक लाख एक  हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बुधबार उक्त संस्थाका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले रसुवाका बाढी प्रभावित नागरिकहरूको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा एक लाख एक हजार १११ रुपैयाँ रकम आर्थिक सहयोग गर्ने निर्णय भएसँगै उक्त रकम आजै कोषमा जम्मा गरिएको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नवीन केसीले जानकारी दिए । 

बैठकले रसुवाको बाढी–पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, सम्पर्कविहीन भएकाहरूको यथाशक्य चाँडो खोजी गर्न र घाइतेहरूको हकमा शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । त्यस्तै विपतकाे यस कठिन परिस्थितिमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकाय र सरोकारवालाहरूलाई थप प्रभावकारी ढंगले अघि बढ्नसमेत बैठकले आग्रह गरेकाे छ । 

सुझावित समाचार