भोटेकोशी बाढी अपडेटः मृत्यु १२२२, सम्पर्कविहीन ४८७५

बुधबार, १७ भदौ, २०८३
डिजिटल संस्करण

एक साताअघिको भोटेकोशी बाढीमा ज्यान गुमाउने र सम्पर्कविहीन हुनेको संख्या ६ हजार नाघेको छ। नेपाल प्रहरीको बुधबार साँझसम्मको तथ्यांकअनुसार एक हजार दुई सय २२ जनाको शव भेटिएको छ।

त्यस्तै, चार हजार आठ सय ७५ जना सम्पर्कविहीन रहेको भनेर उजुरी आएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए। 

हालसम्म प्रहरीले सनाखत हुन नसकेका आठ सय २२ शव जमिनमुनि अस्थायी व्यवस्थापन गरेको छ। 

सुझावित समाचार