सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले अर्यालले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने घोषणा गरेका हुन्।

नेपाल सरकारको निर्णयअनुसार संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट पनि रकम कट्टा गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुनेछ।

सुझावित समाचार