सोमबार करिब ४४ अंकले घटेको नेप्से परिसूचक मंगलबार ९.२४ अंकले बढेको छ। नेप्से ०.३६ प्रतिशतले वृद्धि भएर दुई हजार ५२२.६६ अंकमा कायम भएको हो।
नेप्से बढे पनि आज कारोबार रकम भने तीन अर्ब रुपैयाँबाट तल झरेको छ। सोमबार तीन अर्ब ६४ करोड रुपैयाँबराबरको सेयर खरिद भएकोमा मंगलबार दुई अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको हो।
आज कारोबार भएको सेयर संख्यासमेत घटेको छ। सोमबार ९३ लाख आठ हजार कित्ता सेयर खरिद–बिक्री भएकोमा मंगलबार ७६ लाख १३ हजार ६८१ कित्ता मात्रै किनबेच भयो।
नेप्सेका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन समूह एक प्रतिशतले घट्दा बाँकी सबै समूहको सूचक उकालो लागेका छन्। जलविद्युत् समूह १.०१ प्रतिशतले बढ्दा बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ।
आज माथिल्लो मैलुङ खोला, एमबिएल इक्विटी फन्ड र इमर्जिङ नेपाल सर्वाधिक वृद्धि हुने कम्पनीको शीर्ष स्थानमा छन्। यी कम्पनी क्रमशः ७, ५ र ४ प्रतिशतभन्दा धेरैले उकालो लागे। सर्वाधिक घटेको उपकार लघुवित्तका लगानीकर्ताले आठ प्रतिशतभन्दा धेरै गुमाए।