साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से ४३.८९ अंकले घटेर दुई हजार ५१३.४२ विन्दुमा कारोबार बन्द भयो। सोमबार एकैदिन नेप्से १.७१ प्रतिशतले घटेको हो।
आज कारोबार रकममा समेत सामान्य गिरावट आएको छ। अघिल्लो दिन तीन अर्ब ७८ करोडको सेयर खरिद–बिक्री भएकोमा सोमबार घटेर तीन अर्ब ६४ करोड ८६ लाख रुपैयाँमा सीमित रह्यो। ३४७ कम्पनीका ९३ लाख आठ हजार कित्ता सेयर खरिद–बिक्री भएका हुन्।
समूहगत सूचक हेर्दा उत्पादन तथा प्रधोशन समूह ०.७० प्रतिशतले बढ्दा बाँकी सबै समूह घटेका छन्। निर्जीवन बिमा समूह सर्वाधिक ५.०३ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ३.३० एवं होटेल तथा पर्यटन र जलविद्युत् समूह दुई प्रतिशतभन्दा धेरैले घटेका छन्।
घटेको बजारमा घोराही सिमेन्ट सात तथा एनआइसी एसिया डिबेन्चर ६ प्रतिशतभन्दा धेरैले बढे। मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशत गुमाउँदा रसुवागढी हाइड्रो, एमबिएल इक्विटी फन्ड र चिलिमे हाइड्रो कम्पनी ११.७६ देखि १०.४९ प्रतिशतसम्म घटेका छन्।