जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजिआई)ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा तीन करोड योगदान गरेको छ ।
कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत भोटेकोशी बाढी प्रभाविको राहत, पुनस्र्थापना तथा पुनर्निर्माण प्रयासलाई सहयोग पुर्याउन सहयोग गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले बाढीबाट प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना पनि व्यक्त गरेको छ ।