धादिङको बैरेनीस्थित श्री वागेश्वरी माध्यमिक विद्यालयमा बाढी पसेपछि विद्यार्थीका किताब, कापी र झोलासहितका व्यक्तिगत सामानमा क्षति पुगेको छ। बाढीको जोखिम बढेपछि विद्यार्थी कक्षाकोठामै आफ्ना ब्याग तथा सामान छोडेर विद्यालयबाट सुरक्षित स्थानमा पुगेका थिए। बाढीको जोखिम कम भएपछि विद्यार्थी विद्यालय फर्किएर आफ्ना सामान खोज्न थालेका छन्।
बाढीका कारण विद्यालयका कक्षाकोठामा लेदो र माटो जमेको छ। नेपाली सेनाका जवानहरूले विद्यालयपरिसरमा सरसफाइ गर्दै कक्षाकोठामा जमेको माटो तथा फोहोर हटाउन सहयोग गरिरहेका छन्।











