बहराइनले दियो नेपाललाई ८८ रनको सामान्य लक्ष्य

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

कप्तान सन्दीप लामिछानेसहित नेपाली बलर चम्किएपछि एसिसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा बहराइनले मात्र ८८ रनको लक्ष्य दिएको छ । सोमबार मलेसियाको बांगीमा टस हारेर ब्याटिङ गरेको बहराइनले ३६.२ ओभरमा अलआउट हुँदा ८७ रन मात्र बनाउन सफल भयो । 

बहराइनको लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाला लागि कप्तान सन्दीपले १० ओभरमा चार मेडनसहित पाँच विकेट लिएर १४ रन खर्चिए । अर्का स्पिनर ललितनारायण राजवंशीले ६.२ ओभरमा एक मेडनसहित २० रन खर्चिएर तीन विकेट लिए । करण केसीले दुई विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र गुल्सनकुमार झा भने विकेटविहीन भएका छन् । 

नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । बहराइनको पनि यो पहिलो खेल हो ।

सुझावित समाचार