हालैको बाढी तथा प्राकृतिक विपतको कारण प्रभावित नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्या फार्माल्याबले आवश्यक औषधिहरू उपलब्ध गराएको छ।
आर्या फार्माल्याबले प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकहरूका लागि ८२ लाख ५१ हजार ७५० मूल्यबराबरको औषधिहरू उपलब्ध गराएको हो। साथै, प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा थप सहयोग आवश्यक परे थप उपकरण तथा औषधिहरू उपलब्ध गराउने कम्पनीले प्रतिबद्धता जनाएको छ।
विपतको समयमा प्रभावित नागरिकहरूलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको यस सहयोगले स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायलाई महत्वपूर्ण सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।
आर्या फार्माल्याबले विपतको यस कठिन घडीमा प्रभावित नागरिक तथा परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।