नेपाल प्रेस युनियन उदयपुर शाखाको अध्यक्षमा विश्वराज तामाङ सर्वसम्मत चयन भएका छन्। प्रेस युनियन उदयपुरको सातौँ जिल्ला अधिवेशनबाट तामाङ सर्वसम्मत जिल्ला अध्यक्ष चयन भएका हुन्।
शुक्रबार सम्पन्न प्रेस युनियन उदयपुरको अधिवेशनले उपाध्यक्षमा अस्मित पौडेल र अनिता कार्कीलाई चयन गरेको छ। यसैगरी जिल्ला सचिवमा किरण ढुंगाना, सहसचिवमा कुमार अविरल र कोषाध्यक्षमा अमित तामाङ चयन भएका छन्। निर्वाचित अध्यक्ष तामाङले नयाँ कार्यसमितिका पदाधिकारी चयन भएको जानकारी दिए।
यसैगरी, जिल्ला कार्यसमितिको सदस्यहरूमा सञ्जीव चौधरी, रमेश मग्राती, सुमनसागर खतिवडा, विज्ञान पराजुली, मनिला राई, ठविन्द्र मगर, यशोदा पोखरेल र मिथुन ठाकुर रहेका छन्।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा श्याम राई, भक्तिविलास पोखरेल, केदारकुमार थापा, पशुराम थापा, नवीन राई, सन्तोषीकला तामाङ, यमुना आलेमगर र विदुर खड्कालाई चयन गरेको छ। यसअघि प्रेस युनियन उदयपुरको अध्यक्षमा पशुराम थापा रहेका थिए।