भोटेकोशीमा आएको बाढीमा परेर अर्घाखाँचीमा अहिलेसम्म एकजना सम्पर्कबाहिर

सामाजिक सञ्जालमा ७/८ जना सम्पर्क बाहिर रहेको भनिए पनि आधिकारीक रुपमा अहिलेसम्म कुनै पनि परिवार प्रहरी प्रशासनको सम्पर्कमा छैनन्

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर अर्घाखाँचीमा अहिलेसम्म एकजना सम्पर्कबाहिर रहेका छन् ।प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर पाणिनी गाउँपालिकाका प्रशान्त रेस्मी सम्पर्कबाहिर छन् । २६ वर्षीय रेस्मी एक्स्काभेटर अपरेटर हुन् । 

सामाजिक सञ्जालमा सात–आठजना सम्पर्कबाहिर रहेको भनिए पनि आधिकारिक रूपमा अहिलेसम्म कुनै पनि परिवार प्रहरी प्रशासनको सम्पर्कमा नआएको उनले बताए । प्रहरी र वडाअध्यक्षहरूसँग समन्वय गरेर सम्पर्कबाहिर रहेकाको विवरण संकलनको कार्य जारी रहेको प्रजिअ सुवेदीले बताए ।

यसैगरी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक सूचना जारी गरी कोही व्यक्ति सम्पर्कविहीन भएको भए उक्त व्यक्तिको परिवारले जिल्ला प्रशासन कार्यालयमा विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । 

सुझावित समाचार