आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित गाजावासी

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण
  • गाजामा ध्वस्त भइसकेको स्वास्थ्य सेवा प्रणालीले सबैभन्दा बढी आवश्यकता भएकाहरूसम्म आफ्नो सेवा पुर्याउन सकिरहेको छैन

आजभोलि गाजाको स्वास्थ्य सेवा प्रणालीबारे खासै चर्चा हुँदैन । सन् २०२३ को नोभेम्बरमा म त्यहाँ कार्यरत रहँदा ‘अल–सिफा’ अस्पतालमा भएजस्ता हिंस्रक छापा वा आक्रमण अहिले भइरहेका छैनन् । अस्पतालका वार्डमा बमबारी वा परिसरभित्रै हुने हत्याका घटना पनि देखिएका छैनन् । साथै, स्वास्थ्य संस्थामुनि गोप्य सुरुङ रहेको भन्ने नयाँ दाबी पनि आएका छैनन् ।

यद्यपि, गाजाको स्वास्थ्य सेवा प्रणाली भने निरन्तर रूपमा थप धराशयी हुँदै गएको छ । सायद यो अवस्था विस्थापितका लागि बनाइएका शिविरमा सबैभन्दा प्रस्ट देखिन्छ, जहाँ अत्यन्त गरिब र जोखिममा रहेका मानिस बस्न बाध्य छन् । त्यहाँ, ध्वस्त भइसकेको स्वास्थ्य सेवा प्रणालीले सबैभन्दा बढी आवश्यकता भएकासम्म सेवा पुर्याउन सकेको छैन भने बिरामी तथा घाइते पनि सेवा उपलब्ध रहेका सीमित स्थानसम्म आउन असमर्थ छन् । सरसफाइको अभाव, सुरक्षित पिउने पानीको कमी तथा असह्य गर्मी वा जाडोको निरन्तर सामना गर्नुपर्ने बाध्यताले त्यहाँको स्वास्थ्य संकटलाई अझ गम्भीर बनाएको छ ।

गत महिना मलाई गाजा सहरको नस्र क्षेत्रमा रहेको हसन सालामा विद्यालयको भग्नावशेषमा बनेको एउटा अनौपचारिक शिविरको भ्रमण गर्ने अवसर मिल्यो । अगस्ट २०२४ मा नस्रमा रहेको विद्यालयसँगै सो विद्यालय पनि बमबारीमा परेको थियो । आक्रमणले विद्यालय पूर्ण रूपमा ध्वस्त भएको थियो । बमबारीमा कम्तीमा ३० जनाको ज्यान गएको थियो । अहिले, युद्धका कारण घरबारविहीन र बेसहारा बनेका सयौँ मानिस विद्यालयको प्रांगण र विद्यालय भवनको बाँकी रहेको भागमा पाल टाँगेर बसिरहेका छन् ।

यो शिविर कुनै पनि संस्थाद्वारा सञ्चालित छैन, त्यसैले यहाँ स्वास्थ्य सेवालगायत कुनै पनि आधारभूत सुविधा उपलब्ध छैनन् । म स्थानीय निजी क्लिनिकका स्वास्थ्यकर्मीको एउटा टोलीसँग सामेल भएँ, जसले सो शिविरमा एक दिनका लागि निःशुल्क स्वास्थ्य जाँचको सेवा प्रदान गरेका थिए । त्यहाँ हाम्रो आगमनलाई न्यानो स्वागत गरियो । हामीले कम्तीमा १५० जना बिरामीको जाँच गर्यौँ । गुनासामा उच्च रक्तचापदेखि मधुमेह र मिर्गौला समस्याजस्ता दीर्घकालीन रोग र हेपाटाइटिस र स्क्याबिजजस्ता संक्रमण देखिएका थिए । हामीले धेरै बालबालिकालाई चिकेनपक्स, ग्यास्ट्रोएन्टेराइटिस, झाडापखाला र श्वासप्रश्वासको संक्रमण पनि देख्यौँ । आधारभूत सेवा मात्र प्रदान गरे । तापनि, हामीले प्राप्त गरेको कृतज्ञता अपार थियो ।

विस्थापन शिविरमा धेरै बिरामीका लागि चिकित्सककहाँ पुग्नु लगभग असम्भव यात्रा भएको छ । यातायात लागत, लामो दूरी, विस्थापन र अत्यधिक गर्मीका कारण हुने थकानले केही बिरामीलाई उनीहरूको तत्काल आवश्यकताका बाबजुद पनि चिकित्सा हेरचाहमा ढिलाइ गरेको छ । हामीसँग भएका एक ४६ वर्षीय व्यक्तिको खुट्टामा नराम्रो चोट लागेको थियो । उनी नजिकैको अस्पताल जान सकेका थिएनन् । अर्को अस्पतालमा लामो दूरी हिँडेर जानु स्पष्ट रूपमा उनका लागि विकल्प थिएन । आफ्नो उच्च रक्तचापको समस्या निःशुल्क जाँच गर्न र औषधिको प्रेस्क्रिप्सन प्राप्त गर्न, उनले नजिकको स्वास्थ्य संस्थामा यातायातका लागि कम्तीमा ४८ डलर तिर्नुपर्थ्यो ।

चिकित्सकीय उपचारमा हुने ढिलाइका साथै औषधिको अभाव र कष्टकर जीवनयापनका कारण रोग झन् गम्भीर बन्न सक्छन् । यदि गाजामा आधारभूत स्वास्थ्य सेवा पुनः सुरु भयो भने (विशेषगरी युएनआरडब्लुएजस्तो ठुलो संस्थाको नेतृत्वमा) यी सबै समस्या रोक्न सकिन्छ । गाजा पुगेका प्यालेस्टिनी शरणार्थीका लागि आधारभूत स्वास्थ्य सेवाको व्यवस्था गर्न युएनआरडब्लुए महŒवपूर्ण भूमिकामा छ । यसले प्रत्येक शरणार्थी शिविरमा क्लिनिक स्थापना गर्यो, जसले निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न मद्दत पुर्यायो । युद्धअघि, युएनआरडब्लुएले गाजा क्षेत्रभरि २२ वटा क्लिनिक सञ्चालन गर्थ्यो । हालैको एक प्रतिवेदनअनुसार तीमध्ये अहिले केवल ६ वटा मात्र सञ्चालनमा छन् । गाजाका ३४ अस्पतालमध्ये १९ वटा मात्र आंशिक रूपमा सञ्चालनमा छन् र यहाँ ‘आंशिक रूपमा सञ्चालन’ भन्ने वाक्यांश नै काफी छ । यी अस्पतालमा भएका अधिकांश वार्ड क्षतिग्रस्त भएका कारण काम गरिरहेका छैनन् ।

आज, सम्पूर्ण गाजा क्षेत्रमा २० लाख मानिसका लागि जम्मा दुई हजार २०० मात्र भर्ना भएर उपचार गराउने शङ्ढया उपलब्ध छन् । युद्धअघि अल–सिफा अस्पतालमा मात्रै ७०० शङ्ढया थिए । प्रयोगशाला परीक्षण, शल्यक्रिया र विभिन्न उपचारलगायत स्वास्थ्य सेवा अब उपलब्ध छैनन् । किनभने, तिनका लागि आवश्यक सामग्री वा सेवा प्रदान गर्ने जीवित स्वास्थ्यकर्मीको अभाव छ । चिकित्सा सुविधाको विनाश र गाजाका बासिन्दालाई उनीहरूको वासस्थानबाट विस्थापित गरिनुले स्वास्थ्य सेवाको अधिकारलाई एउटा विशेषाधिकारमा परिणत गरिदिएको छ ।

(अवाद गाजामा कार्यरत लेखिका तथा नर्स हुन् । नोभेम्बर २०२३ मा इजरायली सेनाले अल–सिफा अस्पतालमा छापा नमारुन्जेल उनी त्यहाँ कार्यरत थिइन् ।)

अलजजिराबाट 

सुझावित समाचार