विद्युत् प्राधिकरणका अनुसार रसुवामा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवा बाढीले सबैभन्दा धेरै क्षतिग्रस्त भएको जिल्ला हो । नुवाकोट, धादिङ र गोरखामा भने आंशिक रूपमा विद्युत् सेवा अवरुद्ध छ ।
धादिङ जहरेमा ३३ केभीको सबस्टेसन पाँच फिट अग्लो लेदो जमेका कारण अवरुद्ध छ । यसैगरी, विभिन्न ठाउँमा पोल तथा ट्रान्सफर्मर पनि क्षतिग्रस्त भएका छन् ।
प्राधिकरणका प्रवक्ता राजन ढकालले गोरखा, धादिङ र नुवाकोटमा सकेसम्म चाँडै विद्युत् सेवा सुरु हुने बताए । तर, रसुवाको हकमा भने समय लाग्ने बताइएको छ । धादिङको जहरे ३३ केभी सबस्टेसनको लेदो हटाउने काम जारी रहेको प्राधिकरणले भनेको छ ।