चितवनमा १६८ किलो गाँजासहित दुईजना पक्राउ

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

चितवन प्रहरीले १६८ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान करिब ३:४० बजे राप्ती नगरपालिका– १० स्थित चिप्लेटीबाट उनीहरूलाई पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गतर्फ जाँदै गरेको कार चेकजाँच गर्ने क्रममा चालक दिल्लीराम थारू र कारमा सवार कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले कारको पछाडिको डिक्की खानतलासी गर्दा रातो प्लास्टिकमा बेरेर लुकाइराखिएको गाँजाजस्तो पदार्थका १२ वटा पोका फेला पारेको जनाएको छ। बरामद पदार्थको तौल १६८ किलो ग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजनालाई बरामद लागुऔषधसहित चितवन जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतबाट चार दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सुझावित समाचार