आजका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

विशेष कारणले प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको नयाँ मिति र समय निर्धारण  गरेका हुन् । 

यसअघि ०८३ भदौ ९ गते मंगलबार दिउँसो १ बजे बस्ने तय भएको बैठक अब भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ। प्रतिनिधिसभा सचिवालयले मंगलबार जारी गरेको सूचनामा निर्धारित मिति र समयमा बैठक बस्न नसक्ने भएपछि नयाँ मिति तोकिएको जनाएको छ।

महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा बैठकको मिति र समय परिवर्तनबारे सम्पूर्ण माननीय सदस्यहरूलाई जानकारी गराइएको छ।

सुझावित समाचार