स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला दुई हजार आठ सयले बढेको हो । असली चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार पाँच सय कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला चार हजार ९७५ निर्धारण भएको छ ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार सात सय र त्यति नै परिमाणको असली चाँदीको मूल्य चार हजार ९८५ कायम भएको थियो ।