नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

दक्षिण कोरियामा जारी ११औँ विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य पदक जितेका छन् । प्रतियोगिताको फाइट क्योरुगी विधामा नेपालका दीपक छन्त्यालले स्वर्ण र मेग्मा गुरुङले कांस्य पदक जितेका हुन् ।

मेग्माले गत संस्करणमा रजत जितेकी थिइन् । ८०–८४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका दीपकले स्वर्ण पदक जित्ने क्रममा तीन चरणमा प्रतिस्पर्धा गरेका थिए । पहिलो खेलमा उनले जर्मनीका खेलाडीलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरे ।

त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाका खेलाडीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरे । फाइनलमा दीपकले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तीमगरले जनाएका छन् ।

दुवै खेलाडीको सफलतालाई नेपाली खेलकुदका लागि महŒवपूर्ण उपलब्धिका रूपमा लिइएको नेपाल हाप्किडो संघका महासचिव इन्द्रबहादुर महराले बताए । उनले नेपाली खेलाडीको प्रदर्शनले अन्तर्राष्ट्रिय हाप्किडोमा नेपालको पहिचान थप बलियो बनाएको बताए ।

सुझावित समाचार