बलात्कारपछि हत्या गरिएकी बाराको सिमराकी तीन वर्षिया बालिका गरिमा चौधरीको परिवारसँग सरकारले सहमति गरेको छ। शनिबार मध्यरातिसम्म गृह मन्त्रालयमा भएको छलफलपछि तीनबुँदे सहमति जुटेको हो ।
सहमतिअनुसार यस्ता जघन्य अपराधलाई सम्बाेधन गर्ने गरी कानुन संशोधन गर्ने, मृतकको सालिक बनाउने र गरिमाको अन्तिम संस्कार गर्ने उल्लेख छ ।
गृह मन्त्रालयले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सरकारका चार मन्त्री तथा गरिमाका आमा–बुबाले हस्ताक्षर गरेका छन्।
प्रहरीले आरोपीलाई पक्राउ गरे पनि यस्तो क्रूर अपराधमा संलग्नलाई त्यहीअनुसार सजायको सुनिश्चितता नभएको भन्दै पीडितहरू आन्दोलित बनेपछि शनिबार काठमाडौं बोलाएर छलफल गरिएको हो ।
