दक्षिणकालीस्थित कृष्ण माविलाई एनआइसी एसियाको सहयोग

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दक्षिणकाली नगरपालिका– ८, छैमलेस्थित श्री कृष्ण माध्यमिक विद्यालयका गरिब तथा विपन्न विद्यार्थीहरूका लागि विद्यालय पोसाक र शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ।

बैंकले उक्त विद्यालयमा अध्यनरत २०६ भन्दा धेरै विद्यार्थीलाई ट्रयाकसुट, टिसर्टसहित विभिन्न शैक्षिक सामग्री विद्यालयमार्फत प्रदान गरेको हो। बिहीबार एक विशेष कार्यक्रमबिच बैंकको काठमाडौैं दक्षिण सर्कल हेड उज्ज्वल रिमाल र फर्पिङ शाखा प्रमुख सुदीप रेग्मीले प्रधानाध्यापक रमेश आचार्यलाई उक्त सहयोग हस्तान्तरण गरे।

विद्यालयलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

सुझावित समाचार