बुधबार बसेको मन्त्रिपरिषद्का १० निर्णस सार्वजनिक गरिएको छ । बैठकले सचिव बढुवादेखि शिक्षककाे पारिश्रमिक वृद्धिसम्मका निर्णय गरेको छ।
बैठकले सहसचिव कमल भट्टराईलाई सचिवमा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ।
त्यस्तै, सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा विद्यालय जनशक्तिको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ।
यस्ता छन् १० निर्णय:
१. सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ स्वीकृत गर्ने।
२. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने नेपाली रुपैयाँ करिब दुई अर्ब ७३ करोड अनुदान सहायता स्वीकार गर्ने ।
३. २०८३ भदौ ४ र ५ गते भारतमा आयोजना हुने Joint Working Group -JWG_ on Border Management को १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने।
४. Asian Disaster Preparedness Center को Sub–Center नेपालमा स्थापनाका लागि स्वीकृति प्रदान गर्ने।
५. संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी हुन माननीय परराष्ट्रमन्त्रीको नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने।
६. प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु. ५,००० हजारका दरले वृद्धि गर्ने ।
माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्नमाध्यमिक तृतीय श्रेणीको सुरु तलबबराबर कायम गर्ने।
७. नेपाल सरकार र साउदी अरेबियाबिच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने।
८. भुक्तानी तथा फर्स्याेट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने।
९. नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने।
१०. सहसचिव श्री कमलप्रसाद भट्टराईलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।