एनएमबि बैंक लिमिटेडले कालीकोटमा अवस्थित ४४० मेगावाट क्षमताको तिला– १ जलविद्युत् आयोजनाका लागि अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।
तिला खोलामा एससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको यो आयोजनाको कुल अनुमानित लागत ५९.४ अर्ब रुपैयाँ रहेको छ। कुल लागतमध्ये बैंकहरूको ऋण लगानी ४४.५५ अर्ब रुपैयाँ रहनेछ।
वित्तीय व्यवस्थापनमा एनएमबि बैंक अगुवा बैंकको रूपमा रहेको छ भने ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सहअगुवा छन्। अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाहरू सहभागीको रूपमा रहने बताइएको छ।
एससी पावर कम्पनी प्रा.लि.को मुख्य नेतृत्व सुसन कर्माचार्य तथा उनको समूहले गरेको छ। पिपिएअनुसार आयोजनाको व्यावसायिक उत्पादन ०८७ पुस १५ गते सुरु हुने बताइएको छ। आयोजना निर्माणपश्चात् पहिलो वर्ष करिब रु. ११.४ अर्ब आम्दानी हुने अनुमान गरिएको छ।