नेपाल रेडक्रस सोसाइटीले १० वर्षअघि जग्गा खरिद गर्दा अनियमितता गरेको अभियोगमा प्रहरीले छानबिन थालेको छ। सिआइबीले तत्कालीन अध्यक्ष संजीव थापासहित पाँचजनालाई पक्राउ गरेको छ।
२०७३ सालमा गोदामघर स्थापनाका लागि भक्तपुर नगरपालिकाको वडा नम्बर ४ मा जग्गा खरिद गरिएको थियो। ५ रोपनी १३ आना तीन पैसा जग्गा ६ करोड ३२ लाख ८१ हजारमा खरिद गरिएको थिये। सो जग्गा खरिद गर्दा एक करोड ९३ लाख बिचौलियाले लिएका थिए। साथै, जग्गा नापजाँच गर्दा खरिद गरिएकोभन्दा सात आना कम देखिएको थियो। यससम्बन्धी छानबिन प्रतिवेदन महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले पठाइकामा सोही प्रतिवेदनका आधारमा अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले बताए।
पक्राउ पर्ने अन्यमा भक्तपुर ठिमीका राजेश देशमरु, नुवाकोट समुन्द्रटारका उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायणका कृष्ण फोजु र काठमाडौं बालाजुका इन्द्रबहादुर केसी छन्। उनीहरूउपर थप अनुसन्धान गर्न सिआइबीले काठमाडौं परिसरमा पठाएको छ।