मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘वरपिपल रिसोर्ट पोखरा’मा विशेष छुट

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई पोखरामा अवस्थित ‘वरपिपल रिसोर्ट’मा विशेष छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खान, बस्न तथा स्पा सेवामा १० देखि २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एकजनाका लागि बस्ने सुविधासहित ब्रेकफास्ट, लन्च, डिनर निःशुल्क उपलब्ध हुनेछ।

उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड–प्रिभिलेज कार्ड पेस गर्नुपर्नेछ वा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने अटोलोन सञ्चालनमा ल्याएको छ।

सुझावित समाचार