वीरगन्ज चिनी कारखाना शीघ्र सञ्चालनका लागि दबाब दिन रिले अनशन

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याउन स्थानीयले आज पनि रिले अनशनलाई जारी राखेका छन्। चिनी कारखाना सञ्चालनमा ल्याउन सरकारलाई दबाब दिन सोमबारबाट सुरु ‘कृषि क्रान्ति अभियान’लाई मंगलबार पनि निरन्तरता दिएको अभियन्ता राजेन्द्रप्रसाद साहले बताए। 

यद्यपि, सरकारले वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिसकेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको कारखानाको अवस्था, विगतका निर्णय, कारखाना पुनः सञ्चालनका लागि यसअघि तयार भएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने कदमबारे अध्ययन गर्न कार्यदल गठन गरिएको हो।

कार्यदललाई आफ्नो अध्ययन पूरा गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने जिम्मेवारी दिइएको छ । कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सिडिई श्रीकान्त यादव र सदस्यमा मन्त्रालयका शाखा अधिकृत र उद्योग विभागका अधिकृत प्रतिनिधि रहेका छन्।

किसानको हकहित र कृषि क्षेत्रको सुधारका लागि आफूहरूले उठाएको माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन रिले अनशनलाई जारी राखेको अभियन्ता साहले बताए।

सुझावित समाचार