जलन भएकालाई अस्पताल पुर्‍याउनुअघि के ध्यान दिने ?

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

जलनको प्राथमिक उपचार भनेको पोलेको ठाउँमा आधा घण्टासम्म बग्ने पानी लगाएर पखाल्नु हो नेपालमा जलनको घटना नै बढी छ । जलन भएपछि तत्काल उपचार पाउन असम्भव छ । यस्तो अवस्थामा जनचेतना बढाउनु उपयुक्त हुने कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन डा. किरण नकर्मी बताउँछन् ।

अधिकांशलाई प्राथमिक तथा पुनर्जलीय उपचारबारे थाहा नहुँदा अस्पतालसम्म पुर्याउँदा बिरामीलाई धेरै असर गरिसकेको हुने उनको अनुभव छ ।

‘उपत्यकाबाहिरका जिल्लाबाट बिरामीलाई काठमाडौं ल्याउँदासम्म समय लाग्छ । त्यसैले प्राथमिक तथा पुनर्जलीय उपचार अत्यावश्यक हुन्छ । तर, यी सामान्य उपचार पनि नहुँदा जलनको घाउ गहिरो बन्छ, जसले अंगभंगको अवस्था निम्त्याउँछ,’ उनले भने, ‘जलनको प्राथमिक उपचार भनेको पोलेको ठाउँमा आधा घण्टासम्म बग्ने पानी लगाएर पखाल्नु हो । यसले जलनमा गहिरो घाउ हुनबाट जोगाउँछ । यसो गर्दा विनाशल्यक्रियासमेत उपचार सम्भव हुन सक्छ । त्यसैले पुनर्जलीय उपचार अनिवार्य दिनुपर्छ । पुनर्जलीय उपचार नपाएर बाटोमै मृत्यु भएका कैयौँ घटना छन् । कोही बिरामीमा भने प्राथमिक उपचार प्रभावकारी नहुन पनि सक्छ ।’ 

See More On

सुझावित समाचार