जब प्रहरीका इन्चार्ज नै स्थानीयको ‘स्टिङ’मा परे..

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

काभ्रेपलाञ्चोकको भकुन्डेबेँसी प्रहरी चौकीमा कार्यरत सइ गणेश श्रेष्ठको कार्यशैलीप्रति स्थानीय रुष्ट थिए। कतिपयलाई अनावश्यक रूपमा थुनेको तथा अवैध गतिविधिमा संलग्नलाई संरक्षण गरेको आरोप उनीमाथि लाग्दै आएको थियो। उनको विषयमा उजुरी गर्दा पनि जिल्ला प्रहरी कार्यालयले सुनुवाइ गरेको थिएन। 

उनीबाट आजित भएका स्थानीयले आइतबार बेलुका उनै सइलाई नै ‘स्टिङ अप्रेसन’मा पारेका छन्। एक स्थानीय युवतीसँग उनको हिमचिम रहेको थाहा पाएपछि स्थानीयले ती युवतीसँग सइ श्रेष्ठलाई भकुन्डेबेँसीको एक होटेलबाट रंगेहात फेला पारेका छन्। त्यसको भिडियोसमेत बनाएर सार्वजनिक गरिदिएका छन्। उनकै मातहतका प्रहरीलाई समेत लिएर गई स्थानीयले उनलाई होटेलको कोठाबाट नियन्त्रणमा लिएका हुन्।

सइ श्रेष्ठमाथि जिल्ला प्रहरी कार्यालयले छानबिन अघि बढाएको छ। तर, होटेलको कोठाभित्र भिडियो खिचेर सार्वजनिक गरिएको विषयमा पनि प्रश्न उठेको छ। 

सुझावित समाचार