उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको नेतृत्वमा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन तथा सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर खारेज गर्न माग गर्दै बृहत् हस्ताक्षर अभियान सञ्चालन हुने भएको छ।
अभियानको उद्घाटन आज काठमाडौंको माइतीघर मण्डलामा हुने आयोजकले जनाएको छ। अभियानको उद्घाटन तथा कार्यक्रमबारे जानकारी दिन बिहान ११:३० बजे सञ्चारकर्मीहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
अभियानमार्फत डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगकर्ताबाट उठाउन बाँकी विद्युत् महसुल असुल गर्न सरकारलाई दबाब दिने तथा विद्युतमा लगाइएको कर खारेज गर्न माग अघि सारिने आयोजकले जनाएको छ।
कार्यक्रममा अध्यक्ष घिसिङसहित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहने बताइएको छ।