एलजीको एआई डिडी वासर एन्ड ड्रायर बजारमा

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले एआई डिडी २.० वासर एन्ड ड्रायर बजारमा ल्याएको छ । मनसुनमा घाम नलाग्दा कपडा सुक्न समय लाग्ने, ओसिलोपन तथा गन्ध रहने र सुकाउन पर्याप्त ठाउँ नहुने समस्यालाई ध्यानमा राख्दै यो उपकरण बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

यो वासर एन्ड ड्रायरले विशेषगरी मनसुनको समयमा दैनिक लन्ड्रीलाई सहज बनाउने कम्पनीको दाबी छ । एलजी एआई डिडी २.० वासर एन्ड ड्रायर २०/१० केजी, १५/८ केजी, ११/७ केजी र ८/६ केजी क्षमतामा उपलब्ध रहेको जनाइएको छ ।
कम्पनीका अनुसार यसमा कपडाको तौल तथा प्रकार पहिचान गरी उपयुक्त हेरचाहमा सहयोग गर्ने एआई डिडी २.० टेक्नोलोजी समावेश गरिएको छ ।

त्यस्तै, स्टिम एलर्जी केयर एन्ड स्टिम रिफ्रेस सुविधाले परीक्षण गरिएको अवस्थामा ९९.९ प्रतिशतसम्म सामान्य एलर्जेन कम गर्न, गन्ध घटाउन तथा कपडा रिफ्रेस गर्न सहयोग गर्ने दाबी गरिएको छ । एलजी थिनक्युमार्फत स्मार्टफोनबाट वासरलाई मोनिटर तथा कन्ट्रोल गर्न सकिने सुविधा पनि यसमा रहेको छ । इजिडिस्पेन्स सुविधाले लन्ड्री लोडअनुसार आवश्यक डिटर्जेन्ट र सफ्टनर स्वतः प्रयोग गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ । त्यस्तै, ६ मोसन डाइरेक्ट ड्राइभ प्लस एआई वासले कपडाको तौल र फ्याब्रिकको विशेषता पहिचान गरी वासिङ साइकललाई अप्टिमाइज गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ । 

सुझावित समाचार