नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफेक्चरर्स एसोसिएसन (नाइमा)द्वारा आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बैंकिङ पार्टनरका रूपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ।
बैंकले एक्स्पो अवधिभर सवारीसाधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागि ०.५ प्रतिशत सेवा शुल्क तथा आधार दरमा वार्षिक थप एक प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने भएको छ। उक्त विशेष योजना साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ अवधिभर लागू हुनेछ।
सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकहरूले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन्। यस योजनामार्फत ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै आफ्नो आवश्यकताअनुरूपको सवारीसाधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।