स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु. दुई सयले घटेर रु. तीन लाख एक हजार पाँच सय कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला रु. तीन लाख एक हजार सात सयमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला रु. २५ ले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला रु. चार हजार ६७० मा कारोबार भइरहेको छ। आइतबार यसको मूल्य प्रतितोला रु. चार हजार ६४५ थियो।
यससँगै सोमबार सुनको मूल्यमा सामान्य गिरावट आए पनि चाँदीको मूल्यमा भने वृद्धि भएको छ।