इ–स्पोर्टस् विश्वकप : मोबाइलमा नेपालको होरा इ–स्पोर्टस् सोझै फाइनलमा

सोमबार, २५ साउन, २०८३
डिजिटल संस्करण

नेपालको होरा इ–स्पोर्टस् टोली पेरिसमा चलिरहेको पब्जी मोबाइल विश्वकपको ग्रान्ड फिनालेमा सोझै प्रवेश गरेको छ । समूह ‘बी’अन्तर्गतको प्रतिस्पर्धामा ९८ अंक जोड्दै होरा इ–स्पोर्टस्ले तालिकाको चौथो स्थानमा रहँदै फाइनल पक्का गरेको हो । छैैटौँदेखि १३औँ स्थानसम्म रहेका टोलीले अब फाइनल प्रवेशका लागि सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नेछन् । 

पेरिसमा आइतबार भएका खेलपछि समूह ‘बी’का १६ टोलीमध्ये शीर्ष पाँचमा पर्दै होरा सोझै अन्तिम दुईमा पुगेको जनाइएको छ । होराले एक चिकेन डिनरसहित कुल ९८ अंक हात पारेको हो । समूह ‘बी’बाट भाइटालिटी सर्वाधिक १४८ अंकका साथ फाइनलमा पुगेको थियो । यसैगरी, आइडिए, एसटुजी र गडलाइक पनि होरासँगै फाइनलमा पुगेका छन् । पब्जी मोबाइल विश्वकप ग्रान्ड फिनालेको पहिलो दिन ५९ अंकका साथ तेस्रो स्थानमा रहेको होराले दोस्रो दिन ६ खेलमा ३९ अंक जोडेको थियो । अन्तिम खेलअघि शीर्ष पाँचमा रहेको होराले अन्तिम खेलमा छैटौँ स्थानमा झर्नुपरेको भए पनि शीर्ष पाँचमा फिनिस गर्न भने सफल भयो ।

होराले पहिलो दिनको सुरुमा दुई खेलमै सानदार प्रदर्शन गरेको थियो । दोस्रो खेलमा चिकेन डिनर जितेको थियो । त्यसयता होराले ३७ प्लेसमेन्ट प्वाइन्ट र ६१ किलसहित कुल ९८ अंक हात पार्यो । समूह ‘ए’बाट फोर थ्राइभसँगै भारतको ओरानगुटान, मंगोलियाको अउरोरा, भियतनाम र सिंगापुरको संयुक्त टोली फ्ल्यास र मिडल इस्टको निग्मा ग्यालेक्सी शीर्ष पाँचमा रहँदै फाइनलमा पुगेका हुन् । दुवै समूहबाट आउने समान आठ टोली गरी १६ टोलीले सर्भाइभल स्टेजमा खेल्नेछन् । 

सुझावित समाचार