सरकारमा शासकीय अराजकता देखियो : सभापति थापा

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण
सरकारमा शासकीय अराजकता देखियो : सभापति थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति गगन थापाले बहुमतका कारण सरकारमा शासकीय अराजकता देखिएको टिप्पणी गरेका छन्।

शुक्रबार पार्टीको कार्यक्रममा सभापति थापाले भने, ‘जब प्रचण्ड बहुमत प्राप्त हुन्छ, बहुमतको अहंकारले शासकीय अराजकतातिर जाँदो रहेछ। म अहिले शासकीय अराजकता देखिरहेको छु। सांसद, मन्त्रीले खुट्टा भाँचिदिन्छु भनेको छ। जे मन लाग्यो त्यही गरेको छ।’

विधिको शासनमा सरकारसमेत कानुनभन्दा माथि नरहेको उल्लेख गर्दै थापाले सरकारलाई जिम्मेवार बनाउन प्रतिपक्षले भूमिका खेल्नुपर्ने बताए।

सत्ताधारी पार्टीका सांसदले कर्मचारी हप्काएको र मन्त्रीहरूले उत्तेजक अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले भने, ‘हेर्दा सानो कुरा लाग्न सक्छ– प्रधानमन्त्रीले मन्त्री नराखी बैठक गरिदिनुभयो। मन्त्रीलाई पनि सनक चढ्यो, राष्ट्र बैंकको गभर्नर नराखी बैंकका मानिसहरूसँग गफ गरिदिनुभयो।’

अख्तियार प्रमुखलाई घण्टाैँ ‘थुनेर उठबस गराएको’ भन्दै सभापति थापाले ‘मुखिया’ जिम्मेवार नहुँदा अरूमा पनि त्यही समस्या देखिएको टिप्पणी गरे। ‘वाहवाही गरेर ताली बजाएपछि देख्ने सांसदलाई के लाग्ने रहेछ भने– हाम्रो मुखियाले यस्तो गरेको हुनाले हामीले पनि यही गर्नुपर्ने रहेछ,’ उनले भने।

सुझावित समाचार