नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्यलाई थप फराकिलो ढंगले उजागर गर्न मद्दत पुर्याउने बताएका छन्।
कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्न अनुमति दिएपछि उपसभापति शर्माले टिप्पणी गरेका हुन्।
‘सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरेर टुंग्याइसकेको विषयमा पुनरवलोकनमा नगएको भए पनि लामो बहसपश्चात् न्यायिक निरुपण भइसकेकै थियो। यद्यपि, पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्यलाई थप फराकिलो ढंगले उजागर गर्न पक्कै मद्दत पुर्याउनेछ,’ उनले भने।
विशेष महाधिवेशनको सम्पूर्ण तथ्यलाई संयम र परिपक्वताका साथ न्यायालयसमक्ष पुनः प्रस्तुत गर्न आफूहरू स्पष्ट, खुला र तत्पर रहेको शर्माले स्पष्ट पारे।