हर्मुज वार्ता सकारात्मक दिशामा

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

इरानका कूटनीतिक स्रोतले स्ट्रेट अफ हर्मुजबारे ओमनसँग जारी वार्ताबाट सकारात्मक संकेत आइरहेको बताएका छन् । इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता र स्वयं विदेशमन्त्रीले नै जारी वार्तामा सकारात्मक प्रगति भएको संकेत गरेका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताले सरकारी टिभीमा बोल्दै स्ट्रेट अफ हर्मुजबारे वार्ता चलिरहेको र हर्मुज भित्रिने र बाहिरिने सुरक्षित मार्ग निर्धारण गर्ने प्रयास गरिरहेको बताए ।

खोलिएका मार्गले इरानी र ओमानी पक्षको सार्वभौम अधिकार र सुरक्षा चिन्ता पनि ख्याल गर्ने पनि प्रवक्ताले बताए । प्राविधिक र राजनीतिक दुवै रूपमा कूटनीतिक संलग्नताको प्रक्रियालाई हाल सकारात्मक रूपमा मूल्यांकन गरिएको छ । तर, अझै पनि असमझदारीका सबै विषय भने फुकिसकेको छैन ।

See More On

सुझावित समाचार