एलजी इलेक्ट्रोनिक्स, सिंगापुरले सिजी इलेक्ट्रोनिक्सको साझेदारीमा एक्सपिरियन्स एआई:अफेक्सोनेट इन्टेलिजेन्स’ प्रदर्शनी सुरुवात गरेको छ । प्रदर्शनीको उद्घाटन एलजीका बंगलादेश ब्रान्चका सुन्घो चुनले गरेका थिए । यस प्रदर्शनीमा एलजीका नवीनतम एआई पावर्ड टेलिभिजन, अडियो सिस्ट, वासिङ मेसिन तथा रेफ्रिजेरेटरलगायतका उत्पादन प्रस्तुत गरिएको बताइएको छ ।
४ भदौदेखि १४ असोजसम्म सञ्चालन हुने उक्त प्रदर्शनीले एलजीका नयाँ पुस्ताका घरायसी उपकरणले प्रयोगकर्ताको बानी बुझ्ने, दैनिक आवश्यकताको पूर्वानुमान गर्ने तथा घरायसी कामलाई सहज बनाउने तरिका प्रस्तुत गर्ने बताइएको छ ।
एलजीको अफेक्सोनेट इन्टेलिजेन्स अवधारणामा आधारित एआई होम इकोसिस्टमले परम्परागत स्वचालितको तुलनामा प्रयोगकर्ताको जीवनशैलीलाई बुझेर आफूअनुकूल बनाउने कम्पनीको दाबी छ ।
व्यक्तिगत मनोरञ्जनदेखि स्मार्ट कपडा धुने सुविधा र खाद्य सामग्रीलाई लामो समयसम्म ताजा राख्ने प्रविधिसम्म एलजीका एआई सञ्चालित घरायसी उपकरणहरूले घरलाई अझ स्मार्ट, सहज र प्रभावकारी बनाउँदै दैनिक जीवनलाई सरल र सुविधाजनक बनाउने अनुभव प्रदान गर्ने बताइएको छ ।